कम्पनी दर्ता भए पश्चात कम्पनीले गर्नुपर्ने प्रमुख कार्यहरु

कम्पनी दर्ता भए पश्चात १ बर्षभित्र कम्पनीले गर्नुपर्ने प्रमुख कार्यहरु तथा पेश गर्नु पर्ने बिवरणहरु :-

कम्पनी दर्ता भए पश्चात कम्पनीले गर्नुपर्ने प्रमुख कार्यहरु
कम्पनी दर्ता भए पश्चात कम्पनीले गर्नुपर्ने प्रमुख कार्यहरु

• कम्पनी संस्थापना भए पश्चात ३ महिना भित्र दफा १८४ बमोजिम कार्यालय स्थापनाको जानकारी
• कम्पनी संस्थापना भएको आ.व. भित्र शेयरधनीहरुले लिन कवुल गरेको शेयरको रकम दाखिला भए पछि शेयर बाँडफाँड गरी शेयर लगत तयार गरी १ महिना भित्र पेश गर्नु पर्ने तथा संचालक समितिको गठन गर्नुपर्ने छ ।
• संचालन समिति गठन भए पश्चात कम्पनी ऐनको दफा ९२(३) को बिवरण र संचालक लगत तयार भएको ७ दिन भित्र पेश गर्नुपर्ने छ ।
• कम्पनी संस्थापना भएको पहिलो पटकको लागि एक बर्षभित्र बाषिर्क साधारण सभा गरी सक्नु पर्ने छ । सो पश्चात आ.व. समाप्त भएको ६ महिना भित्र हरेक बर्षबाषिर्क साधारण सभा गर्नु पर्ने छ । यसरी बाषिर्क साधारण सभा भएको ३० दिन भित्र सो को बिवरण कार्यालयमा पेश गर्नु पर्ने छ ।
• कम्पनी ऐन२०६३ को दफा ५१(३) को बिवरण प्रत्येक बर्षो बाषिर्क साधारण सभा हुनु भन्दा १ महिना अघि तयार गरी बाषिर्क साधारण सभा भएको ३० दिन भित्र कार्यालयमा पेश गरी सक्नु पर्दछ । पब्लिक कम्पनीले दफा ७८ बमोजिमको बिवरण पेश गर्नु पर्ने छ ।
• कम्पनी संस्थापना भएको आ.व.को लागि संचालक समितिले अडिटर नियुक्ति गर्ने । सो पश्चात प्रत्येक आ.व.को लागि बाषिर्क साधारण सभाले अडिटर नियुक्ति गरी नीजको पारिश्रमिक निर्धारण गर्ने र नियुक्तीको जानकारी १५ दिन भित्र कार्यालयलाई दिने ।
• नियुक्त अडिटरबाट पेश भएको सम्वन्धीत आ.व.को अडिट रिपोर्ट बाषिर्क साधारण सभाले अनुमोदन गरी पौष मसान्त भित्र पेश गर्ने ।
• बाषिर्क साधारण सभाले सामान्यतया गत आ.व. को अडिटरको रिपोर्ट अनुमोदन गर्ने, बाषिर्क नीति कार्यक्रम अनुमोदन गर्ने, र आगामी आ.व.को लागि अडिटरको नियुक्ति गर्ने ।
• प्रबन्धपत्र एंव नियमावलीको कुनै दफा वा नियम संशोधन गर्नु परे साधारण सभा/ बिशेष साधारण सभाबाट बिशेष प्रस्ताव पारित गरी गर्नु पर्ने छ र ३० दिन भित्र पेश गर्नु पर्ने छ ।
• एकल शेयरधनी भएको कम्पनीको हकमा एकल निर्णयले मात्र माथिका व्यवस्थाहरु कार्यान्वयन गर्न सकिने छ ।
• माथि उल्लेखित जस्ता बिवरणहरु समयमा नै तयार गरी तोकिएको समय भित्र कार्यालयमा पेश नगरे ऐनको दफा ८१ बमोजिमको जरिवाना लाग्ने छ ।
Source:https://www.facebook.com/TAXpertNepal/posts/1902033636708154

Leave a Reply

Your email address will not be published. Required fields are marked *