Nepali Lyrics Hu Yatri Euta Deep Shrestha

Deep Shrestha is one of the most popular singers of Nepal. He has got many hits songs solo and combined with other singers and bands. Below is Nepali Lyrics of one of his popular song Hu Yatri Euta.Nepali Lyrics Hu Yatri Euta Deep Shrestha
हुँ यात्री एउटा रुमल्ली हिंड्ने
अँधेरी रातमा
हुँ यात्री एउटा कहानी लेख्ने
जंगली पातमा

जिन्दगि बित्यो सहारा संधै
आँसुको लिएर
उजाड रह्यो जीवन त्यसै
दुखमा जिएर
म सामु कहिले किन हो किन
मधुमास आएन

हुँ यात्री

इच्छाको सागर पौडेर रहे
स्वप्नको संसार
आज या भोलि छ पुग्नु पर्ने
बाटो छ हजार
हरेक पल नियाली हेर्थें
वसन्त आएन

हुँ यात्री एउटा रुमल्ली हिंड्ने
अँधेरी रातमा
हुँ यात्री एउटा कहानी लेख्ने
जंगली पातमा
हो अँधेरी रातमा
हो जंगली पातमा
Video of Hu Yatri Euta song by Deep Shrestha